राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस् च्याम्पियनसिप आगामी चैत ८ र ९ गते हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्टस् संघको आयोजनामा हुने प्रतियोगितामा लिड र बोल्डर गरी दुई विधा समावेश गरिएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस् महासंघ नियम र मापदण्डअनुसार सञ्चालन गरिने प्रतियोगितामा १४ वर्षभन्दा माथिका खेलाडीले सहभागिता जानउन पाउनेछन् । प्रतियोगिता अवधिभर खेलाडी तथा प्राविधिकको बिमा गरिएको आयोजकले जानकारी दियो ।
पहिलो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म क्वालिफिकेसन राउन्ड हुनेछ । जसबाट समान आठ पुरुष तथा महिला खेलाडी फाइनल राउन्डका लागि छनोट हुनेछन् । दोस्रो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म फाइनल राउन्डको प्रतिस्पर्धा हुनेछ । जसमा प्राप्त गरेको अंकका आधारमा शीर्ष तीनको घोषणा गरिनेछ ।
अध्यक्ष रमेश पौडेलले राष्ट्रिय खेलकुद परिषद् राखेपसहित अन्य संस्थाबाट स्पोन्सर माग्ने तयारी रहेको बताए । उनले करिब ३० लाख खर्च लाग्ने अनुमान गरेका छन्।