पर्सा, चितवन र पाल्पामा भएका दुर्घटनामा तीनजनाको मृत्यु

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

पर्सा, चितवन र पाल्पामा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

पर्साको वीरगन्ज महानगरपालिका– १७ अलौगाउँस्थित सडकमा ना.६त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिवकुमार कुर्मीको शनिबार दिउँसो मृत्यु भएको हो । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको  हो।  ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनको रत्ननगर नगरपालिका– १० स्थित सडकमा बा.प्र ०६–००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय वैकुण्ठनाथ लम्सालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, पाल्पाको तानसेन नगरपालिका– ११ सामाकोटस्थित सडकमा लु.२ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीया सीता गहतराजको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाडीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुझावित समाचार