अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजारभन्दा बढी उडान रद्द भएका छन्। डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टाभन्दा बढीका लागि बन्द गरिएको बताएको छ। डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो।

डलास–फोर्ट वर्थ (टेक्सास) र सार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइट अवेयरका अनुसार दुवै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो।

संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो। यहाँ कम्तीमा पाँचजनाको ज्यान गएको र सयौँ उडान रद्द भएका थिए। केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्यो र हजारौँ मानिस बिजुलीविहीन भए।

सुझावित समाचार