डिएसपी आफैं ३० फिट गहिरो इनारभित्र छिरेर महिलाको उद्धार गरे(भिडियोसहित)

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

इनारभित्र खसेकी महिलाको प्रहरीले जिवितै उद्धार गरेको छ। काठमाडौं महानगरपालिका २१ लगनस्थित अमिर स्थापितको घरमा रहेको करिब ३० फिट गहिरो इनामा बिहीबार साँझ काभेपलाञ्चोक तेमाल–६ घर भएकी सञ्जु कोइराला खसेकी थिइन्।

इनारमा खसेको सूचना पाएलगत्तै प्रहरी वृत्त जनसेवाका डिएसपी रुकेश तन्डुकार आफैं इनारभित्र छिरेर महिलाको जिवितै उद्धार गरेका हुन्। महिला सामान्य घाइते भएकी छिन्।

भिडियोः

सुझावित समाचार