६ महिनाभित्र पार्टी सदस्यता पाँच प्रतिशत बढाउने माओवादीको कार्ययोजना

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता पाँच प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो योजना अगाडि सारेका हुन् ।

प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हरेक समितिले आगामी ६ महिनाभित्र कम्तीमा संगठित सदस्यता पाँच प्रतिशत र आमसदस्यता १० प्रतिशत वृद्धि गर्ने गरी अभियानात्मक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

नयाँ पार्टी सदस्यता वितरण कार्य नियमित कार्य र हरेक पार्टी सदस्यले यसलाई महत्त्वपूर्ण कार्यसूची बनाउनुपर्ने पनि भनिएको छ । आगामी नाै महिनाभित्र सबै सदस्यको विवरण अनलाइन डिजिटल माध्यममा ल्याइसक्ने पनि कार्ययोजनामा छ ।

See More On

सुझावित समाचार