चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा भाले गैँडा मृत फेला परेको छ।

नवलपुरको देवचुलीमा रहेको सिसवार मध्यवर्ती क्षेत्रको नारायणी नदीमा पर्ने पिप्रहरघाटको पारि निकुञ्जभित्र अन्दाजी २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।

उनका अनुसार दुईवटा गैँडा एक–आपसमा जुध्ने क्रममा गैँडा मरेको हो। मृत गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताए।

योसँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १३ पुगेको छ।

सुझावित समाचार