रुकुम पूर्वबाट झन्डै ६ किलो लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन्। भूमे गाउँपालिका–७ गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया बुढामगर पक्राउ परेका हुन्।
उनीहरूलाई रूकुम पूर्वबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा ल्याई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।
डिएसपी खरेलका अनुसार उनीहरुको साथबाट करिब ६ किलो चरेस बरामद भएको छ भने अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।।