पाण्डेयको आध्यात्मिक उपन्यास ‘आत्माको अदालतमा’ बजारमा

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

ऋषिराम पाण्डेयको पहिलो उपन्यास ‘आत्माको अदालतमा’ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुस २० गते वरिष्ठ साहित्यकार शीतल गिरीबाट विमोचन भएको छ । सो उपन्यासको प्रकाशन पाँचपोखरी प्रकाशन गृहले गरेको हो । 

उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा आधारित उपन्यास हो । अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्छ । जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ ।

सनातन–मार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफास गर्छ र सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ ।

See More On

सुझावित समाचार