पाँचौँ टेस्टमा भारतलाई हराएपछि अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले आफ्नो स्थान सुरक्षित बनाएको छ। भारतविरुद्धको पाँचौँ टेस्ट जित्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो। पाँचौँ टेस्टमा पराजित भएसँगै भारतको सम्भावना पनि समाप्त भएको छ। 

यसअघि दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ। आगामी ११ जुनदेखि टेस्ट क्रिकेटको विश्वकप फाइनल मानिने टेस्ट च्याम्पियनसिप हुँदै छ। 

उता पाँचौँ खेल जितेसँगै अस्ट्रेलियाले बोर्डर–गाभास्कार सिरिज पनि ३–१ ले जितेको हो। पाँचौँ टेस्टमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको हो। 

सुझावित समाचार