पौडी संघ गण्डकीमा कुँवर

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १४ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो। 

संघको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की के.सी. र सदस्यहरूमा लालबहादुर पराजुली थापा, तिलबहादुर थापामगर, सूर्यबहादुर सिग्देल, राजेन्द्रबहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुबी तामाङ, अर्जुन नेपाली, अमृत खड्का र महेन्द्र भुजेल रहेका छन्।

सुझावित समाचार