सप्तरीको छिनमस्ता गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरण संँग सहकार्य गरेर पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ। शनिबार छिनमस्ता गाउँपालिकामा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई ५१ वटा निःशुल्क विद्युत् मिटर वितरण गरेको हो।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् जस्तो आधारभूत आवश्यकताको अभावले यी परिवारहरूले हरेक दिन जीवनमा अनेकौँ कठिनाइ भोगिरहेका थिए। बत्ती नहुँदा बालबालिकाको पढाइमा बाधा, महिलाहरूको घरधन्दा र सानातिना रोजगारीका काममा अप्ठ्यारो, र सामान्य जीवनका हरेक गतिविधिमा असुविधा थियो।
बिजुलीको अभावले न केवल जीवनलाई कठिन बनाएको थियो, तर आर्थिक रूपमा पनि यो समस्या समाधान गर्न नसकिने अवस्थामा थिए। यो पहलले यी परिवारहरूलाई न केवल उज्यालोको सुविधा दिनेछ, शिक्षा, रोजगारी, र दैनिक कार्यहरूमा सहजता ल्याउने उनले बताए ।