विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई घाइते

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

विराटनगरमा मालवाहक ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

शुक्रवार साँझ विराटनगर-१४ भन्सार संयुक्त्त जाँचचौकी जाने सडकमा भन्सार जाँचपास भएर उत्तरतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको  भारतीय ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर-१५ का १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकास कुमार यादव घाइते भएका छन् । घाइतेको विराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतबाट कोईला बोकेर नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक मोटरसाइकलाई ठक्कर दिएपछि सडकको बायाँ साईडमा पल्टिएको  छ । दुर्घटनापछि ट्रक चालक फरार भएकोले उनको खोजी कार्य भइरहेको मोरङ प्रहरी प्रवक्त्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 
 

सुझावित समाचार