जिप दुर्घटनामा तीनजनाको मृत्यु

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

बझाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार राति धमेनानजिकै जिप दुर्घटना हुँदा तीनैजनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए । 

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए । जिपमा कतिजना सवार थिए भन्ने यकिन जानकारी नआएको उनले बताए ।

प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । रासस
 

सुझावित समाचार