नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बसेको माओवादीले जनाएको छ। माओवादी केन्द्रीय समिति बैठक पुस २१ गते आइतबारदेखि सुरु हुँदै छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र विद्यार्थी संगठनको निर्वाचनका विषयमा पनि छलफल हुने बताइएकाे छ।