नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुनेछ ।
यही पुस १० गते बसेको सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । बैठकले केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावसहित चार एजेन्डा पनि तय गरेको थियो ।