नेपाल प्रहरीका दुई डिआइजीको एआइजी बढुवामा सिफारिस

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले कुवेर कडायत र रवीन्द्र केसीलाई बढुवा सिफारिस गरेको हो। 

किरण बज्रचार्य र भरतबहादुर बोहराले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनीहरूको बढुवा सिफारिस भएको हो। सिफारिसउपर उजुरी गर्न एक साताको समय दिइएको छ। 

सुझावित समाचार