राजस्व छलेर ल्याइएको २५ लाखबराबरकाे अवैध सामान सशस्त्र प्रहरीको फन्दामा

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण
राजस्व छलेर ल्याइएको २५ लाखबराबरकाे अवैध सामान सशस्त्र प्रहरीको फन्दामा

फोटो क्याप्सन : सशस्त्र प्रहरीले बरामद गरेको अवैध समान

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको छेउनजिकैबाट लाखौँ रकम भन्सार छलीका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। भीमदत्त नगरपालिका- ११, गड्डाचौकीस्थित भन्सार कार्यालय छेउनजिकै भुजेलाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो। 

मंगलबार बिहान सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणकै इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खगेन्द्रबहादुर चन्दकै नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छलेर भारतबाट नेपालमा भित्र्याइरहेको अवस्थामा उक्त अवैध सामान भुजेलाबाट बरामद गरेको जनाएको छ। 

सशस्त्र प्रहरी बल कञ्चनपुरका एसपी खगेन्द्रबहादुर चन्दले भन्सार चोरीछली गरेका अवैध कपडा एव मोटरसाइकलका पार्टस् बरामद गरिएको बताए। भन्सार चोरीछली गरेका २५ लाखका अवैध सामान बरामद गरेर भन्सार बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। 

यसरी रातारात भन्सारबाट लाखौँका सामान तस्करी गरेर धनी बन्ने तस्कर समूहका सपना सशस्त्र प्रहरीले तुहाइदिएको छ। भन्सारछेउबाटै यसरी लाखौँका सामान बरामदले कहीँकतै व्यवसायीले भन्सारदेखिका निकायमा सेटिङ गरेर वा छलेर लाखौँको समान भित्र्याएको त होइन भनेर शंका उब्जाएको छ। कञ्चनपुरमा सेटिङ्गमा हुने वा छलेर हुने भन्सार राजस्व चोरीछलीले राजस्वमा समेत चुहावट आइरहेको सरोकारवालाको चिन्ता छ। 

सुझावित समाचार