सरकारको नेतृत्व प्रधानमन्त्रीले गरे पनि नीतिगत नेतृत्व कांग्रेसकै : नेता सिटौला

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण
सरकारको नेतृत्व प्रधानमन्त्रीले गरे पनि नीतिगत नेतृत्व कांग्रेसकै : नेता सिटौला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री केपी ओली भए पनि नीतिगत नेतृत्व आफ्नो पार्टीले गरिरहेको बताएका छन्। कांग्रेसले द्वन्द्वमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर हतियार बिसाउन लगाएको उल्लेख गर्दै सिटौलाले यस्तो बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले भने, ‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला। तर, समग्रमा आमनेपाली जनतालाई अगाडि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरेको छ।’

सबै राजनीतिक शक्तिलाई एकताको सूत्रमा आबद्ध गरेर बलियो नेपाल निर्माण कांग्रेसको चाहना रहेको भन्दै उनले भने, ‘सबै राजनीतिक शक्तिहरूलाई सहमति सहकार्य र एकताको सूत्रमा आबद्ध गरेर हामी बलियो नेपाल निर्माण गर्न चाहन्छौँ । बिपी कोइराला, गणेशमानजीको चाहना पनि यही हो– नेपाल बलियो रहनुपर्छ।’

सुझावित समाचार