उपचाररत वैद्यको स्वास्थ्य अवस्थाबारे माओवादीका अध्यक्ष प्रचण्डले लिए जानकारी

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। वैद्यकाे सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसियूमा उपचार भइरहेको छ।

अध्यक्ष प्रचण्ड आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा संक्रमण र दमसम्बन्धी समस्या रहेकाले अझै केही समय आराम गर्नुपर्ने बताएका थिए।

महासचिव किरणले अहिले केही सहज महसुस भएको अध्यक्ष प्रचण्डलाई बताएका थिए। 

सुझावित समाचार