प्रदेश सभा बैठक बोलाउन जसपाको माग

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

मधेश प्रदेशका प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सभाको बैठक बोलाउन सरकारलाई आग्रह गरेको छ । जसपाले लामो समयदेखि बैठक नबोलाएर प्रदेश सभालाई बन्धक बनाएको आरोप लगाएको छ । 

आइतबारको दिउँसो बसेको जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले चार महिनादेखि अवरुद्ध प्रदेश सभाको बैठक तत्काल बोलाउनु पर्नेसहित तीनवटा माग अघि सारेको छ । 

बैठकपश्चात आयोजित पत्रकार सम्मेलनमा जसपा नेपालका सांसद तथा पूर्व मुख्यमन्त्री लालबाबु राउतले अवरुद्ध प्रदेश सभाको बैठक अभिलम्ब सुरु हुनुपर्ने, विकास खर्च न्यून रहेकोले त्यसलाई तत्काल गति दिनुपर्ने र आफ्ना पार्टीका सांसद हसिना खातुनमाथि भएको संघातिक आक्रमणको भत्र्सना तथा दोषीलाई कारर्वाहीको माग गरिएको बताए । आफ्ना सदस्यमाथि संघातिक आक्रमण हँुदा पनि प्रदेश सभा र प्रदेश सरकार मौन रहनु बस्नु दुःखद् र सरकार गैरजिम्मेवार देखिएको जसपा नेपालको आरोप छ । 

प्रदेश सभालाई कुनै बिजनेस नदिएर प्रदेश सरकारले सभालाई बन्धक बनाएर अफ्ना कमीकमजोरी ढाकछोप गरिरहेको पूर्व मुख्यमन्त्री लालबाबु राउतको आरोप लगाए । राउतले भने, ‘पछिल्लो चार महिनादेखि सरकारले प्रदेश सभालाई बन्धक बनाएको छ । सांसदहरूले आफ्ना क्षेत्रको समस्या राख्न पाइरहेका छैनन् । सरकारले आफ्ना कमीकमजोरी सभाबाट आमजनतामा नपुगेस् भनेर बैठक अवरुद्ध गरिहेको छ ।’ 

आर्थिक वर्षको ६ महिना बितसक्दा पनि प्रदेश सरकारले विकास बजेट एक प्रतिशत पनि खर्च गर्न नसकेको उनको आरोप छ । यो कार्यले जनता र संघीयता विरोधी गतिविधि भइरहेको उको भनाइ छ । ‘प्रदेशमा विकास निर्माण ठप्प छ, प्रदेश सरकार सुतेर बसेको छ,’ पूर्वमुख्यमन्त्री राउतले भने, ‘विकास निर्माण ठप्प हुँदा संघीयताप्रति आमजनतामा वितृष्णा फैलिएको छ ।’

पत्रकार सम्मेलनमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, जसपा नेपालका प्रमुख सचेत रामअशिष यादवसहितको सहभागिता थियो । 
 
  
 

सुझावित समाचार