दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु

विमानमा एक सय ७५ जना यात्रु र चालक दलका ६ जना सदस्य सवार

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । १७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ– ७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

योनहाप समाचार समितिका अनुसार थाइल्यान्डको राजधानी बैंककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।     

 

सुझावित समाचार