गायिका रचना रिमाल र गायक मनोज खनालको नयाँ गीत ‘मायाको सानो घर’ सार्वजनिक भएको छ।
शुक्रबार साँझ ‘मदन शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा सुकमान मृदुल र करुणा केसीको अभिनय छ। उक्त गीतमार्फत पछिल्लो समयको जल्दोबल्दो समस्याका रुपमा रहेको सहकारी ठगी र त्यसले गरिखाने वर्गलाई पारेको समस्याको विषयलाई उठान गरिएको छ।
मदन शर्माको शब्द रहेको गीतमा गायक मनोज खनालले नै संगीत भरेका छन्। म्युजिक भिडियोका दृष्य राजन थापाले निर्देशन गरेका हुन्।