नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रजौलस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरूलाई समान गरेको हो ।
रामजानकी रंगशालाबाट खेलाडीहरू ट्रफी लिएर नगर परिक्रमा गरिरहेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि खेलाडीहरू चढेको गाडीमा सहभागी भएका थिए । खेलाडीहरूसँगै हजारौँ समर्थक नगर परिक्रमामा सहभागी भएका छन्। उनीहरूलाई चोक–चोकमा भव्य स्वागत गरिएको छ ।
बिहीबार साँझ जनकपुर आइपुगेका खेलाडीहरू आज नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए । एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको जित निकालेको थियो ।