नेपाल एसबिआई बैंकको शाखा स्थानान्तरण भएको छ । बैंकको सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका– २, नेपालगन्ज, बाँकेमा रहेको लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका– ८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भसमेत गरेको छ ।
उक्त कार्यालयको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार दे, बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याललगायतको उपस्थितिमा गरिएको हो ।