काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण
काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार बौद्ध टुसालमार्गस्थित हायात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा गुञ्जिन उनी आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीतसंगीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको बताए।

बाह्र हजार दर्शक क्षमता रहेको हायात चौरमा बुधबार अपराह्न सोनुले गाउनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’लगायत गीत लोकप्रिय छन्। यो कन्सर्टका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकट राखिएको आयोजकले जनाएको छ। 

सुझावित समाचार