डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

आइतबार, ७ पुष, २०८१
डिजिटल संस्करण
डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सुझावित समाचार