भुटानको यू- १९ विरुद्ध नेपाली महिला टिमको बराबरी

आइतबार, ७ पुष, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय यू- १९ महिला टोलीले भुटानको यू- १९ टोलीविरुद्ध  १-१ को बराबरी खेलेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा अग्रता जोगाउन नसक्दा नेपालले भुटानविरुद्ध बराबरी खेलेको हो । 

पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । दोस्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै सुशीला केसीले नेपाललाई अग्रता दिलाइन् । उनले बक्स बाहिरबाट हानेको प्रहार सीधै गोलमा परिणत गरेकी थिइन् । 

निर्धारित समय सकिन १० मिनेट बाँकी छँदा भुटानले बराबरी गोल फर्कायो ।  फुन्ट्सो छोडेनले बराबरी गोल फर्काइन् । फुन्ट्सोले लेफ्ट साइडबाट प्रेया घलेले दिएको सुन्दर क्रसलाई सदुपयोग गरेकी हुन् ।
 

सुझावित समाचार