रवि लामिछानेको हिरासतको तस्वीरबारे छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण

कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतको तस्वीर बाहिरिएपछि एसएसपीको नेतृत्वमा छानविन सुरु भएको छ । प्रदेश प्रहरी कार्यालय, गण्डकीले   प्रदेश तालिक केन्द्र पोखराका एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । समितिलाई दुई दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

सिसिक्यामेरोले कैद गरेको लामिछाने हिरासतमा सुतिरहेको तस्वीर बाहिरिएको थियो । रास्वपाकै नेता डा.निकोलस भुसालले आफुले तस्वीर गल्तीवश खिचेको भन्दै माफी मागेका छन् । 

प्रहरी कार्यालयभित्र त्यसरी सिसिक्यामेराले कैद गरेको भिडियोबाट तस्वीर लिएको खुलेपछि प्रहरीको  सुरक्षा त्रुटी बाहिरिएको छ । यसमा रास्वपाले पनि छानविनको माग गरेको छ। 
गृहमन्त्री रमेश लेखकले समेत प्रहरी महानिरीक्षकलाई यस विषयमा छानविन गर्न निर्देशन दिएका छन्। 
 

सुझावित समाचार