जनकपुरले पाँचौँ विकेट गुमायो

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण
जनकपुरले पाँचौँ विकेट गुमायो

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।

कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १२ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएको छ। पाँचौँ विकेट गुमाउँदा ५८ रन मात्र जोडेको छ।

जनकपुरका ओपनरद्वय  शुभ कंसाकार र आशिफ शेख क्रमशः तीन र चार रन जोडेर पेभिलियन फर्किँदा लाहिरु मिलान्था दुई तथा आकाश त्रिपाठी १३ रन बनाएर आउट भए। हर्ष थाकर १७ रन जोडेर रनआउट भए।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा, विलियम बोसिस्टो र जिसम मक्सुदले समान एक विकेट लिए। आजको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।
 

सुझावित समाचार