महिला यू–१९ एसिया कप : नेपाल र श्रीलंकाले अंक बाँडे

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण

मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अंक बाँडेका छन् ।

आजको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिएलगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन् ।

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका थिए । सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रील.का छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ ।
 

सुझावित समाचार