छैटौँ विकेटका रूपमा अर्जुन घर्ती रनआउट

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले छैटौँ विकेट गुमाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले अर्जुन घर्तीलाई छैटौँ विकेटको रूपमा गुमाएको हो। उनी दुई रन जोडेर रनआउट भए।

कर्णालीका देव खनाल सर्वाधिक २४ रन जोडेर आउट हुँदा अघिल्लो खेलमा अर्धशतक पूरा गरेका जयकिशन कोल्सावाला चार बलमा एक रन मात्र जोडेर पेभिलियन फर्किए। विलियम बोसिस्टोले १४ र जिसन मक्सुदले १२ रनको योगदान गर्दा चाडविक वाल्टनले ११ रन बनाए।

जनकपुका लागि ललित राजवंशीले दुई विकेट लिँदा जेम्स निसम, मोहम्मद मोसिन र हर्ष थाकरले समान एक विकेट लिए।

आजको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।

सुझावित समाचार