कर्णालीविरुद्ध जनकपुरलाई पाँचौँ सफलता

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण
कर्णालीविरुद्ध जनकपुरलाई पाँचौँ सफलता

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौँ विकेट हात पारेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले  ११.४ ओभरको खेल सकिँदा पाँच विकेटको क्षतिमा ७७ रन जोडेको छ।

देव खनाल सर्वाधिक २४ रन जोडेर आउट हुँदा अघिल्लो खेलमा अर्धशतक पूरा गरेका जयकिशन कोल्सावाला चार बलमा एक रन मात्र जोडेर पेभिलियन फर्किए। विलियम बोसिस्टोले १४ र जिसन मक्सुदले १२ रनको योगदान गर्दा चाडविक वाल्टनले ११ रन बनाए।

जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिँदा जेम्स निसम, मोहम्मद मोसिन र हर्ष थाकरले समान एक विकेट लिए।

आजको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।

सुझावित समाचार