कर्णालीले चौथो विकेट गुमायो

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण
कर्णालीले चौथो विकेट गुमायो

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले चौथो विकेट गुमाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले ९.२ ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा ६४ रन जोडेको छ।

दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले जयकिशन कोल्सावालाको विकेट लिए। छैटौँ ओभरको पहिलो बलमा जेम्स निसमले देव खनाल र ६.५ ओभरमा मोहम्मद मोसिनले जिसन मक्सुदको विकेट लिएका थिए। ९.३ ओभरमा राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिएसँगै कर्णालीले चौथो विकेट गुमाएको हो।

आजको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।

सुझावित समाचार