घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सुझावित समाचार