सन् २०११ : इराक युद्ध औपचारिक रूपमा समाप्त भयो । इराकमाथिको आठ वर्ष लामो युद्ध समाप्त भएको अमेरिकाले औपचारिक रूपमा घोषणा गर्यो । सन् २००३ को २० मार्चमा अमेरिकाले इराकविरुद्ध युद्ध सुरु गरेको थियो ।
१७९१ : अमेरिकी संविधानमा भएका पहिलो १० संशोधनलाई बिल अफ राइट्स भनिन्छ । संशोधनलाई भर्जिनियाले अनुमोदन गरेपछि ती कानुन बनेका थिए ।
सन् १८४० : मृत्यु भएको १९ वर्षपछि फ्रान्समा नेपोलियन बोनापार्टको राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गरियो ।
सन् १९३३ : अमेरिकी संविधानमा २१औँ संशोधन भएको थियो । संशोधनले अमेरिकामा मदिरामाथिको प्रतिबन्धलाई रद्द गरेको थियो । सन् १९२० को १७ जनवरीमा १८औँ संशोधन गरेर अमेरिकामा मदिरामाथि प्रतिबन्ध लगाइएको थियो ।
सन् १९७३ : अमेरिकन साइक्याट्रिक एसोसिएसनले समलंैगिक यौनलाई मानसिक बिमारी नभएको घोषणा गर्यो ।
सन् १९७८ : जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्र संघले औपचारिक रूपमा कम्युनिस्ट देश चीनलाई मान्यता दिने घोषणा गरेका थिए । कार्टरले चीनलाई मान्यता दिने घोषणा गरिरहँदा अमेरिकाले चीन–ताइबान सम्बन्धबारे पनि चासो दिएको थियो ।
सन् १९७९ : हेगस्थित वल्र्ड कोर्टले सम्पूर्ण अमेरिकी बन्धकलाई रिहा गर्न इरानलाई आदेश दियो ।