हस्पिटालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित ललितपुरको बालकुमारीमा ‘हर्ष बाटिका’ ब्यांक्वेट सञ्चालनमा आएको छ। ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल १२ हजार वर्गस्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले बताए।
2024-12-14-06-38-04.jpeg)
ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर गरी दुईवटा विशाल पार्टी हल रहेको हर्ष बाटिकालाई युनिक थिममा निकै आकर्षक ढंगले डिजाइन गरिएको छ। ११ रोपनी क्षेत्रफलमा फैलिएको ‘हर्ष बाटिका’ पुग्नेहरू यसको भव्यता देखेर निकै हर्षित हुने गरेकाे सञ्चालक कार्कीले बताए।
2024-12-14-06-37-57.jpeg)
कोटेश्वरबाट बालकुमारी जाँदा पुल तर्नेबित्तिकै चक्रपथबाट १०० मिटरको हनुमन्ते खोला करिडोरमा रहेको हर्ष बाटिकामा पर्याप्त पार्किङको सुविधा छ। यहाँ दुई सयवटा चारपांग्रे सवारीसाधन र दुई सयवटा मोटरसाइकल पार्किङ गर्न सकिने पार्किङ स्थल। लोकेसनका हिसाबले काठमाडौं र ललिलतपुरको बिचमा रहेको ब्यांक्वेट भक्तपुरबाट पनि इभेन्ट गर्न पायक पर्ने हर्ष बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ बताउँछन्।
2024-12-14-06-37-47.jpeg)
हर्ष बाटिकाको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रिएसन नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक ब्यांक्वेट ‘मास्टर पिस’ हुने गरी नै गर्ने गरिएको बताउँछन्। ‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने ‘कन्टेन्ट’ के के हुन सक्छन्, तिनको पर्याप्त रिसर्च गरेर मात्र अप्लाई गर्छु,’ अध्यक्ष गिरीले भने, ‘जसका कारण आरजी क्रिएसनले डेभलप गरेका प्रोजेक्टहरू अन्यभन्दा भिन्न हुन्छन्।’
2024-12-14-06-37-38.jpeg)
आरजी क्रिएसनले काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा दर्जनौँ ब्यांक्वेट तथा हस्पिट्यालिटीसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिसकेको छ। पाँचतारे होटेलमा भन्दा पनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको हर्ष बाटिका आरजी क्रिएसनका लागि पनि गर्व गर्न लागेको इभेन्ट भेन्यु बनेको अध्यक्ष गिरीले बताए।
2024-12-14-06-37-28.jpeg)
ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ। तर, हर्ष बाटिकाले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ। करिब तीन हजारजनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको छ।
ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ। आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ। विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्वेटमा उपलब्ध छ। हर्ष बाटिकामा लाइटिङ सिस्टम पनि निकै सुन्दर र आकर्षक रहेको छ।