नेपाल पत्रकार महासंघ सुनसरीमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवारहरू विजयी भएका छन्। सहसचिवबाहेकका सबै पदहरूमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
प्रेस चौतारी र प्रेस युनियनबाट साझा उम्मेदवार बनेका सन्तोष काफ्लेले ९४ मतसहित अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्पर्धी युनियनका बागी तथा नेपाल प्रेस सेन्टरका साझा उम्मेदवार गणेश निरौलाले ७९ मत प्राप्त गरे।
उपाध्यक्षमा युनियनका अर्जुन सुवेदीले १०१ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी गोविन्द बस्नेतले ७४ मत प्राप्त गरे। महिला उपाध्यक्षमा चौतारीकी यशोदा सेनेले ११० मत प्राप्त गर्दै विजयी हुँदा मनिता चाम्लिङले ६२ मत प्राप्त गरिन्।
सचिवमा युनियनका पर्शुराम बाह्रकोटीले ९० मत प्राप्त गर्दै विजयी भए भने सेन्टरका तीर्थ कार्कीले ८३ मत प्राप्त गरे। खुला सहसचिवमा विकल रेग्मीले ११४ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी चौतारीका महेश गुरागाईंले ६१ मत प्राप्त गरे।
समावेशी सहसचिवमा युनियनका वीरेन्द्र साहले ९१ मत प्राप्त गर्दै विजयी भए भने मुस्ताक आलमले ६३ मत प्राप्त गरे। यसैगरी, कोषाध्यक्षमा युनियनका विवेक रेग्मीले ११८ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी जमुना श्रेष्ठले ५५ मत प्राप्त गरिन्।