एक लाख घुससहित रंगेहात पक्राउ परेका प्रशासकीय अधिकृतसहित तीनजनालाई सफाइ

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

घुससहित रंगेहात पक्राउ परेका धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाले सफाइ पाएका छन् । प्रशासकीय अधिकृत सावनकुमार चौधरी, इन्जिनियर रमेशकुमार चौधरी र घुस लेनदेनमा सघाउने गुरुदेव यादवले विशेष अदालतबाट सफाइ पाएका हुन् । 

उनीहरूलाई आयोगको टोलीले एक लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको थियो । दुई लाख ७५ हजार घुस लिएको अभियोगमा गत २० जेठमा अख्तियारले मुद्दा दायर गरेको थियो । 
विद्यालयको बाउन्ड्री वाल बनाउँदा त्यसको भुक्तानीको क्रममा घुस लिएको अख्तियारको अभियोग थियो । घुसको चेक यादवसँग भेटिएपछि आयाेगले उनलाई पनि प्रतिवादी बनाएको थियो । 

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार सफाइ दिने फैसला गरेको हो । 

सुझावित समाचार