सन् २००१ : भारतको नयाँदिल्लीस्थित केन्द्रीय संसद्मा आतंकवादी आक्रमण भयो । आक्रमणमा ६ जना दिल्ली प्रहरी, दुई संसदीय सुरक्षा सेवाका अधिकारी र संसद्का माली मारिए । सुरक्षाकर्मीको कारबाहीमा सबै आक्रमणकारी मारिए ।
सन् १६४२ : डच अन्वेषक अबेल तासमानले न्युजिल्यान्ड टापुलाई पहिलोपटक देखे । सुरुमा उनले यस टापुको नाम ‘स्टेटेन ल्यान्ड्ट’ राखेका थिए, जसलाई एक वर्षपछि बदलेर निउ जिल्यान्ड राखे ।
सन् १९२० : लिग अफ नेसनलले हेगमा ‘परमानेन्ट कोर्ट अफ इन्टरनेसनल जस्टिस (पिसिआइजे)’ स्थापना गर्यो । यो अदालत दोस्रो विश्वयुद्धपछि हालको इन्टरनेसनल कोर्ट अफ जस्टिस(आइसिजे) मा विकसित भयो ।
सन् १९६१ : नाजी जर्मनीका शीर्ष अधिकारी एडोल्फ एकम्यानविरुद्ध जेरुसेलममा चलेको सुनुवाइको नेतृत्व गरेको अधिवक्ता गिदेओन होस्नरले एकम्यानविरुद्ध मृत्युदण्डको सजायको माग गरे ।
सन् १९८१ : पोल्यान्डको कम्युनिस्ट सरकारले मजदुर संगठनको बढ्दो सरकारविरोधी कदमलाई नियन्त्रण गर्नका लागि सैनिक कानुन लागू गर्यो । सैनिक कानुन लागू भएपछि कैयौँ नागरिक अधिकार कटौती गरिए ।
सन् १९८८ : ‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ)’का नेता यासेर अराफातले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गरे ।
सन् २००२ : युरोपेली संघले साइप्रस, द चेक गणतन्त्र, एस्टोनिया, हंगेरी, लात्भिया, लिथुआनिया, माल्टा, पोल्यान्ड, स्लोभाकिया र स्लोभानियालाई सन् २००४ मे १ मा एकैपटक संघको सदस्य हुने घोषणा गर्यो ।
सन् २००३ : अमेरिकी फौजले इराकका अपदस्थ राष्ट्रपति सद्दाम हुसेनलाई उनको गृहनगर टिक्रिटनजिक लुकिरहेको अवस्थामा फेला पार्यो ।
सन् २०१७ : वैज्ञानिकहरूले सौर्यमण्डलभन्दा बाहिरबाट आएको वस्तु ओमुआमुआमाथि रेडियो सिग्नल प्रयोग गरेर एलियन प्रविधि नभएको पुष्टि गरे । पछिको अध्ययनले सो वस्तु सौर्यमण्डलबाहिरको ग्रहको टुक्रा भएको देखायो ।