गृह मन्त्रालयले नेपाल प्रहरीका १० डिआइजीको सरुवा र आठजनाको पदस्थापन गरेका छ । सरुवा तथा पदस्थापनमा चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
कोशी प्रदेशमा डिआइजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोलाबहादुर रावल तथा सुदूरपश्चिममा गणेश चन्दलाई पठाइएको छ । यसअघि कोशीमा चन्द्रकुवेर खापुङ, लुम्बिनीमा कुवेर कडायत, गण्डकीमा दुर्गा सिंह र सुदूरपश्चिममा रवीन्द्र केसी कार्यरत थिए ।
त्यस्तै, विशेष ब्युरोको प्रमुखमा डिआइजी सिद्धिविक्रम शाहलाई खटाइएको छ ।
हालै बढुवा भएका डिआइजीले कमान्ड पाउँदा सिनियर डिआइजी डा. मनोज केसीलाई भने महत्त्वपूर्ण जिम्मेवारी दिइएको छैन । एक साताअघि मात्र बढुवा भएका रावल र चन्दलाई प्रदेश प्रमुख बनाइएको छ । उनीहरूको जागिर अवधि तीन महिना मात्र बाँकी छ ।
गत १७ मंसिरमा बढुवा भएका आठजनाको डिआइजीको १० दिनपछि बल्ल पदस्थापन भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रहरी शिक्षालय भरतपुरमा डिआइजीलाई काजमा खटाइनेमा ती निकाय पनि नेतृत्वविहीन छन्।



