नेपाल सुपर लिग १६ चैतबाट

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने नेपाल सुपर लिगको तेस्रो सिजन १६ चैत ०८१ (२९ मार्च २०२५) बाट सुरु हुने भएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांश कार्कीलाई १६ चैतबाट सुरु हुने गरी आज अनुमतिपत्र प्रदान गरे। एन्फा महासचिव राईले नेपाल सुपर लिगले नेपाली फुटबलको स्तराेन्नतिको लागि महत्त्वपूर्ण छाप छोडेको र नेपाली फुटबलको विकासमा ठुलो योगदान पुर्याएको बताए।

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक कार्कीले नेपाल सुपर लिगको तेस्रो सिजनका लागि उत्साहित रहेको र नेपाल सुपर लिगका फ्यानहरूलाई तेस्रो सिजन झनै स्मरणीय बनाउने बताए। 

सुझावित समाचार