एलजीको नानोसेल टिभी बजारमा

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

सिजी इलेक्ट्रोनिक्सले एलजीको नानोसेल टिभी बजारमा आएको छ । नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजका नानोसेल टिभी सार्वजनिक गरेको हो ।

यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको भनाइ छ । यसमा ३२ देखि ८६ इन्चसम्मका ओएलइडी टिभी, क्युएनइडी टिभी, युएचडी टिभी र स्मार्ट टिभी समावेश छन् ।

एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले तस्बिरको गुणस्तर वृद्धि गर्ने बताइएको छ । यसको नानोपार्टिकल्सले सुस्त टोन फिल्टर गरेर तीक्ष्ण टोनबाट गहिरो, जीवन्त रङ प्रदान गर्दछ ।

अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेबेन टेक्नोलोजीले फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्नेछ । 

See More On

सुझावित समाचार