इतिहासमा आज

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

सन् १९४८ : राष्ट्र संघले मानव अधिकारबारे विश्वव्यापी घोषणा अंगीकार गरेको थियो । घोषणामा मानिसको आधारभूत अधिकारलाई विश्वव्यापी रूपमा संरक्षण गरिएको छ । घोषणा गरेको दिन १० डिसेम्बरमा विश्व मानव अधिकार दिवस मनाइन्छ ।

सन् १८८७ : मिसिसिपी अमेरिकाको २०औँ राज्य बन्यो ।

सन् १९०१ : पहिलोपटक नोबेल पुरस्कार वितरण गरियो । स्विडेनका रसायनशास्त्री डा. अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो ।

सन् १९४१ : अमेरिका, बेलायती र प्रशान्त तथा पूर्वीएसियाको डच क्षेत्रमा जापानी आक्रमणपछि एडोल्फ हिटलरले जर्मनी संयुक्त राज्य अमेरिकासँग युद्धमा रहेको घोषणा गरे ।

सन् १९९६ : दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति नेल्सन मन्डेलाले लामो समयको गोरा अल्पसंख्यक शासन (रंगभेद)बाट पूर्ण लोकतन्त्रमा संक्रमण पूरा गर्ने नयाँ संविधानमा हस्ताक्षर गरे ।

सन् २००७ : अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिस्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । उनी आफ्नो पति नेस्टर किर्चनरको उत्तराधिकारी बनिन् ।

सुझावित समाचार