इरानको यू–१८ ले गण्डकीलाई हरायो

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

इरानको यू–१८ युवा टोलीले सोमबार काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ सेटमा हराएको छ । इरानको युवा टोली २६–२८, २३–२५, २५–२१, २५–१५ र १५–१ ले विजयी भएको हो ।

राखेपको कभर्ड हलमा चलिरहेको क्लब च्याम्पियनसिपमा नेपालबाट सहभागी गण्डकीले लगातार तेस्रो खेलमा हारको सामना गरेको छ । हारसँगै गण्डकीको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बन्यो ।

इरानविरुद्ध गण्डकीले सुरुवाती दुई सेटमा अग्रता बनाएको थियो । त्यसपछि अग्रता रक्षा गर्न नसक्दा गण्डकीले खेल गुमायो । गण्डकीले इरानलाई पहिलो सेटमा २८–२६ ले हराएको थियो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा गण्डकीले २०–१७ को अग्रता लिएको थियो । उत्कृष्ट पुनरामगन गरेको इरानले गण्डकीलाई २३–२३ को बराबरीसम्म पुर्यायो । पहिलो सेटमा इरानले अनावश्यक प्रहार गर्दा गण्डकीलाई पहिलो सेट जित्न सहज भएको थियो ।

गण्डकी पहिलो खेलमा क्लब एचडिसीसँग पराजित भएको थियो । दोस्रो खेलमा गण्डकी हेल्प नेपालसँग स्तब्ध भयो । इरानको यू–१८ टोलीले चार अंक बनाएको छ ।

See More On

सुझावित समाचार