फुटबलमा सेक्रेड हार्टलाई दोहोरो उपाधि

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

सेक्रेड हार्टले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत फुटबलमा दोहोरो उपाधि जितेको छ । सेक्रेड हार्ट छात्र र छात्रा च्याम्पियन बनेको हो । छात्र फाइनलमा सेक्रेड हार्टले हिमरश्मिलाई १–० गोलअन्तरले पराजित गर्यो । छात्राको उपाधि भिडन्तमा सेक्रेड हार्टले कौशललाई २–० गोलले हरायो । नेपाल राष्ट्रिय माविले दुवै विधामा तेस्रो भयो । यसैगरी, भलिबलमा छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जितेका छन् । 

छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई ३–१ को सेटमा पराजित गर्यो । छात्राको फाइनलमा भने एन्जल्स हार्ट चुक्यो । मानसिंहले एन्जल्स हार्टलाई ३–१ ले पाखा लगायो । कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि पहिलो भए । छात्रको फाइनलमा सेक्रेड हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ५९–२६ ले पराजित गर्यो । पुरानो गुह्येश्वरी र नेपाल राष्ट्रिय संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।

मनमैजुस्थित एन्जल्स स्पोर्टस् एकेडेमीमा भएको छात्राको फाइनलमा हिमरश्मिले मानसिंहलाई ७२–५२ ले हरायो । यसैगरी, हिमरश्मिले टेबलटेनिसमा दुई स्वर्ण जितेको छ । छात्रा एकलमा स्मृति गुरुङ तथा मिक्स डबल्समा अरुण बस्नेत र अञ्जली बानियाँको जोडीले हिमरश्मिलाई स्वर्ण दिलाए । छात्र एकलमा सिर्जना ज्ञानसागरका विश्वास घले पहिलो भए ।

See More On

सुझावित समाचार