एनआइसी एसिया बैंक र रेडिसन होटेल काठमाडौंबिच बैंकका ग्राहकहरूलाई होटेलका विभिन्न सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवामा छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिस्टम बिमल लम्साल र होटेलको तर्फबाट फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र यस होटेलसँगको सम्झौताअनुसार होटेलको पेस्ट्री सपमा (न्यूनतम एक हजारको खरिद गर्दा १० प्रतिशत, एयरपोर्ट रेस्टुरेन्ट, स्पा तथा फुड एन्ड बेभरेजमा १५-१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ। बैंक र होटेलबिचको यो साझेदारीले बैंकका ग्राहकहरूले सुलभ मूल्यमा पाँचतारे होटेलको सेवाको अधिकतम लाभ प्राप्त गर्नेछन्।