सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबार (भोलि)देखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ। ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको पुरस्कार राशी सात लाख ३५ हजार रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दीपक आचार्यले जानकारी दिए।

विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन्। चौथो हुनेले ५५ हजार र पाँचौँ हुनेले ४८ हजार पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तिमा कट लागू हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो(कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्। कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार हात पार्नेछन्। 

सुझावित समाचार