ललितपुरमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।

बैंकको काठमाडौं महानगरपालिका– २२ पाको, न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका– ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले न्युरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ)मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्ने बताएको छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

सुझावित समाचार