थामी जातिको व्यक्तित्व विकास तथा प्रशिक्षण केन्द्रको उद्घाटन

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौंस्थित तार्केश्वर नगरपालिका- ३ जितपुरफेदीमा शनिबार एक कार्यक्रमपश्चात् थामी जातिकाे व्यक्तित्व विकास तथा प्रशिक्षण केन्द्र प्रालिको उद्घाटन गरिएको छ । 

संस्थाका अध्यक्ष दीपेन्द्र थामिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेत, यसैगरी विशिष्ट अतिथि विश्वकीर्तिमानी डाक्टर अनन्तराम केसी, नेपाल थामी समाज केन्द्रीय महासचिव शरण थामी, बागमती प्रदेश सभा सदस्य माइली तामाङ उपस्थित थिए ।

थामी जातिको देश विकासमा अतुलनीय योगदान रहेको कारण उनीहरूको सधैँ राज्यले कदर गर्नुपर्ने साथै आगामी दिनमा समेत थामी जातिको संरक्षण र प्रवर्द्धनमा आफू सधैँ लागिरहनेमा विश्वस्त रहन महेश बस्नेतले हौसला दिए ।

यसैगरी, बागमती प्रदेश सभा सदस्य माइली तामाङले सिन्धुपाल्चोक जिल्लामा थामी समुदायको कम जनसंख्या रहे पनि उनीहरूले समाजमा धेरै योगदान पुर्याएको र अझै देशभरका यो समुदायको व्यक्तित्व विकास गर्न आफू सधैँ लागिरहने बताइन् । 

संस्थाका अध्यक्ष दीपेन्द्र थामी आफैँमा एक पब्लिक स्पिकर हुन् । उनले लामो समयदेखि विभिन्न स्थानमा पब्लिक स्पिकिङका तालिम दिँदै आएरहेका छन् । संस्थाले आगामी दिनमा विशेषगरी थामी समुदायको व्यक्तित्व विकासअन्तर्गत डान्स सिकाउने, योगाको तालिम दिने, साहित्य सिर्जनाको तालिम दिने, थामी भाषालाई अझै विस्तार गर्नेजस्ता कार्यमा विशेष योगदान पुर्याउने उनले बताए ।

See More On

सुझावित समाचार