मुसिकोटको राष्ट्रपति रनिङ सिल्ड त्रिभुवनले जित्यो

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

मुसिकोट नगरपालिकामा सञ्चालन भएको सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा त्रिभुवन मावि कुर्घाले राष्ट्रपति ‘रनिङ सिल्ड’ जितेको छ। त्रिभुवनले २६ स्वर्ण, १६ रजत र ११ कांस्यसहित ५६ पदक प्राप्त गर्दै प्रथम भएको हो।

प्रथम स्थान प्राप्त गर्ने विद्यालयले रनिङ सिल्ड, ट्रफी, प्रमाणपत्र र नगद १६ हजार प्राप्त गरेको छ। त्यस्तै, महेन्द्र आदर्श माविले १९ स्वर्ण, २२ रजत र चार कांस्य गरेर ४५ पदकसहित द्वितीय भएको छ। विद्यालयले ट्रफी, प्रमाणपत्र र नगद १२ हजार प्राप्त गरेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप क्षेत्रीले जानकारी दिए।

पृथ्वी माविले ६ स्वर्ण, पाँच रजत र १ कांस्यसहित १२ पदक प्राप्त गर्दै तृतीय भएको छ। त्यस्तै, उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट विद्यालय र खेलाडीहरूलाई नगरप्रमुख जीवन खरेलले पुरस्कार तथा सम्मान गरेका थिए। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगरभित्रका १६ विद्यालयले विधागत खेलमा र १८ विद्यालयले मार्चपासमा सहभागिता रहेको थियो।

सुझावित समाचार